NRNA Sweden मा स्वागत छ
NRNA Sweden स्वीडेनमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था हो, जसले समुदायको एकता, हित र पहिचानको संरक्षणका लागि निरन्तर रूपमा कार्य गर्दै आएको छ। यो संस्था विश्वव्यापी Non-Resident Nepali Association (NRNA) सञ्जालसँग आबद्ध भई विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दछ। स्वीडेनमा रहेका नेपालीहरूलाई एक आपसमा जोड्दै, उनीहरूबीच सहयोग, सद्भाव र समझदारी अभिवृद्धि गर्नु यसको प्रमुख उद्देश्य हो।
NRNA Sweden ले नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिँदै विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रम तथा सामुदायिक भेलाहरू आयोजना गर्दै आएको छ। यसले नयाँ पुस्तालाई आफ्नो जरा र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। साथै, आपतकालीन अवस्था वा आवश्यकताको समयमा समुदायलाई सहयोग पुर्याउने, राहत कार्यक्रम सञ्चालन गर्ने तथा सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यमा पनि संस्था सक्रिय रहँदै आएको छ।
यस संस्थाले नेपाल र स्वीडेनबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पर्यटन, लगानी, शिक्षा तथा अनुभव आदान–प्रदानका माध्यमबाट दुई देशबीच सहकार्य र सम्बन्ध विस्तार गर्न यसले पुलको रूपमा काम गरिरहेको छ। साथै, यहाँ बसोबास गर्ने नेपालीहरूको हकहितको संरक्षण, उनीहरूको आवाजलाई सम्बोधन गर्ने र समुदायको समग्र विकासका लागि पहल गर्ने कार्यमा पनि संस्था प्रतिबद्ध छ।
NRNA Sweden सबै नेपालीहरूको साझा प्लेटफर्म हो, जहाँ एकता, सहकार्य र पारस्परिक सम्मानको भावना सधैं अग्रस्थानमा रहन्छ।
अध्यक्ष – राजेन्द्र तामाङ
Latest Updates
गोथेनबर्गमा नेपाली बालबालिकाबीच फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न
मिति २०२६ मार्च २८ का दिन गोथेनबर्गमा नेपाली बालबालिकाका लागि आयोजित फुटबल प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ। करिब २५ जना बालबालिका तथा अभिभावकहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सुरुवात परिचय तथा वार्म-अपबाट गरिएको थियो।
स्टकहोममा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना !
नेपाली राजदूतावास, कोपेनहेगनले यस दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही ०९ मेई २०२६ तारिखका दिन स्वीडेनको स्टकहोममा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिन्छ ।
Upcoming Event
नेपाली नयाँ वर्ष महोत्सव २०८३ – स्टकहोल्म / गोथेनबर्ग
नेपाली नयाँ वर्ष २०८३ को शुभ अवसरमा गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्वीडेनद्वारा स्टकहोल्म र गोथेनबर्गमा राष्ट्रिय कलाकार मेलिना राईको साथमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदछौं। 🎶✨
🌟 विशेष आकर्षण
🎤 लोकप्रिय गायिका मेलिना राईको प्रत्यक्ष प्रस्तुति
स्टकहोल्म
📅 मिति: ११ अप्रिल २०२६
⏰ समय: १६:००–२०:००
📍 स्टकहोल्म: Åstra Folkets Hus
गोथेनबर्ग
📅 मिति: १२ अप्रिल २०२६
⏰ समय: १६:००–२०:००
📍 गोथेनबर्ग: (स्थान चाँडै जानकारी गराइनेछ)
💵 प्रवेश शुल्क: २०० क्रोनर
🎓 विद्यार्थी: १२५ क्रोनर
🚪 कार्यक्रम स्थलमा: २५०क्रोनर
🧒 १६ वर्ष मुनिका बालबालिकाहरू: निःशुल्क
🎫 टिकट सम्बन्धी जानकारीका लागि पोस्टरमा उल्लेखित सम्पर्क व्यक्तिहरूसँग सिधै सम्पर्क गर्न सक्नुहुनेछ।
⚠️ नोट: टिकटमा खानाको व्यवस्था समावेश गरिएको छैन।
📢 खाना स्टल :
मो .मो , सेलरोटी , समोशा , अन्य खानेकुरा
खाना स्टल राख्न इच्छुक महानुभावहरूले कृपया NRNA Sweden सँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।
📧 इमेल: Nrnasweden@gmail.com
📞 राजेन्द्र तामाङ: 0734981675
📞 रीना ढकाल: 076449 80 81
सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्षलाई उल्लासमय रूपमा मनाउन हार्दिक निमन्त्रणा!
धन्यवाद 🙏
आयोजक:
गैर–आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, स्वीडेन
